Skip to content
Prabhu

महुली र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा महुली लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

कारोबार जारी रहँदा महुली लघुवित्तको सेयर मूल्य १४९ रुपैयाँले बढेर १ हजार ६३९ रुपैयाँ पुगेको छ । त्यस्तै सिर्जनशील लघुवित्तको सेयर मूल्य पनि १९८ रुपैयाँे बढेर २ हजार १७८ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि २१ दशमलव १० अंकले बढेर २७४८ दशमलव ४६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ४३ करोड बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ९० लाख ९४ हजार ४३२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal