Skip to content
Prabhu

कोरियन कम्पनीको आफैं अक्सिन उत्पादन गर्ने मास्क नेपाली बजारमा

काठमाडौं । कोरियन कम्पनी ‘अल्ट डट ओएक्स’ ले हाई अल्टिच्युडमा प्रयोग गर्न सकिने अक्सिजन जेनेरेटिङ मास्क नेपाली बजारमा भित्र्याएको छ ।

काठमाडौंको ठमेलमा कोरिया टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल ‘KTTOAN’ को सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै उक्त मास्कको बारेमा कम्पनीले जानकारी गराएको हो ।

विशेष गरेर २५०० मिटरभन्दा माथिको उचाइको ट्रेकिङमा मास्कको उच्च महत्त्व रहने पनि कम्पनीका सिईओ ग्वाङहो हा (GWANGHO HA) ले जानकारी दिए । अक्सिजनका ठूला–ठूला सिलिन्डर बोक्ने झन्झटबाट यस मास्कले थोरै भए पनि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । जम्मा ४२ ग्रामको प्याकेटमा एक घण्टासम्म अक्सिजन लिन सकिनेसरि तयार गरिएको यो मास्क कोरियन सरकारबाट मान्यता प्राप्त रहेको पनि कम्पनीको दाबी रहेको छ।

दुई वर्षदेखि मास्कको उत्पादन तथा वितरण भइरहेको र जापान, फिलिपिन्स, भियतनामपछि नेपालमा मास्कको बिक्री वितरणका लागि काम भइरहेको पनि कम्पनीको भनाइ छ । पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको र यहाँ २५ सय मिटरभन्दा अग्ला स्थानहरूमा पर्यटकहरूको आवतजावत बाक्लो हुने हुनाले पनि अक्सिजन जेनेरेटिङ मास्कलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले तयार गरेको मास्क खोलेर प्रयोग गर्नसाथ स्वतः अक्सिजन उत्पादन हुने र श्वासप्रश्वासमा सहजता प्रदान गर्ने छ। जसका लागि प्रयोग कर्ताले मास्कको प्याक खोलेर त्यस भित्र रहेका दायाँ र बायाँ दुवैवटा प्लास्टिकको सिल खोल्नुपर्ने छ ।बाँकी अन्य प्रयोगमा रहेका मास्क जस्तै प्रयोग गरे पुग्ने छ । कम्पनीले मास्क तयार गर्दा महिला, पुरुष तथा बालबालिका सबैलाई मिल्ने गरी डिजाइन गरेको पनि जनाएको छ ।

नेपालमा मास्कको नयाँ प्रडक्ट लन्च गर्नु अघि सगरमाथा आधार शिविर लगायतका क्षेत्रमा यसको परीक्षण सफल भइसकेको तथा आगलागी र अन्य विगतजन्य घटनामा पनि यसको सफल परीक्षण भइसकेको कम्पनीले जनाएको छ । उक्त मास्कको ब्रान्ड एम्बेसडरमा किम मिगोन रहेको र उनी ८००० मिटर माथिका १४ वटै हिमाल आरोहि हुन् भने कोरियाको छैटौं पर्वतारोहीसमेत हुन्।

मास्क सार्वजनिक भएसँगै ट्रेकिङ क्याम्प नेपालको प्रबन्ध निर्देशक वाङचु शेर्पाको नेतृत्वमा नेपालमा यसको बिक्रीवितरण हुने छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal