Skip to content
Prabhu

सेयर बजार राताम्य हुँदा यी ५ कम्पनीका सेयरधनीले सबैभन्दा धेरै गुमाए

काठमाडौं । सेयर बजार राताम्य हुने क्रम सोमबार पनि रोकिएन् । पछिल्ला दिनहरुमा लगातार रुपमा बजार घटिरहेको हो ।

आज पनि सेयर बजार परिसूचक करिब ५६ अंकले घट्यो । आज सेयर बजारमा २२२ कम्पनीको सेयर मूल्य घट्यो । आज सबैभन्दा धेरै उन्नत्ति सहकार्य लघुवित्तका सेयरधनीले गुमाएका छन् । यो कम्पनीका सेयरधनीले आज प्रतिकित्ता १३८ रुपैयाँले गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य आज १३८ रुपैयाँले घटेर १ हजार ६३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ७.७८ प्रतिशतले कम हो ।

त्यस्तै आज सिर्जनशील लघुवित्तको सेयर मूल्य पनि ७.०२ प्रतिशत अर्थात् १५३ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य पनि १४४ रुपैयाँले घटेर १ हजार ९२२ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा ६.९७ प्रतिशतले कम हो ।

सोमबार सेयर मूल्य धेरै घट्ने कम्पनीमा मनकामना इन्जिनियरीङ हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि २८ रुपैयाँले घटेर ३८१ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ६.८५ प्रतिशतले कम हो । आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य पनि १९१ रुपैयाँ १० पैसाले घटेर २ हजार ७५० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा ६.५० प्रतिशतले कम हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal