Skip to content
Prabhu

कुचोसंघबाट सञ्चालित तालिमको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रद्वारा अनुगमन

काठमाडौं । नेपाल कुचोसंघले सञ्चालन गरेको १५ दिने तालिमको आज अनुगमन गरिएको छ । व्यापार तथा निकासी प्रबद्र्ध केन्द्र ललितपुरको सहयोगमा सञ्चालित तालिमको केन्द्र कुचो संघले अनुगमन गरेका हुन् ।

भदौ १६ गतेदेखि जारी तालिमको व्यापर तथा निकासी प्रबर्द्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहाल र वरिष्ठ अधिकृत नवराज मरहट्टा तथा संघका अध्यक्ष राजकुमार कार्की, उपाध्यक्ष रविन्द्र खड्का, महासचिव धनपति पोखरेल र कार्यक्रम संयोजक युवराज सुवेदीको थियो । तालिम काठमाडौंको गोकर्णेश्वर, सुकेधार, कागेश्वरी मनहरा तथा काभ्रेको नाला र पनौतिमा सञ्चालन भएको तालिमको अनुगमन गरिएको हो ।

अनुगममनमा तालिममा सहभागी महिलाहरुले यस्तो कार्यक्रमे आत्मनिर्भर बनाउन सहयोग गरे पनि अलि धेरै समयको तालिम आयोजना गर्नका लागि आग्रह गरेको कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।

त्यस्तै तालिममा सहभागिहरुले उत्पादित सामनको बजार खोज्न व्यापर तथा निकासि केन्द्रका उपनिर्देशक समक्ष आग्रह गरेका थिए । सो अवसरमा उपनिर्देशक दाहलले संघसँग समन्वय गरि भारतीय बजारको माग अनुसारको सामन बनाउन गुणस्तरिय उत्पादनका लागि आगामि दिन मा कार्यक्रम ल्याउने बताए । त्यस्तै विपन्न वर्गमा संघले सञ्चालन गरेको कार्यक्रमको प्रशंसासमेत गरे ।

निर्यातमा महत्वपूर्ण रहेको अमिसो कुचोलाई सरकारले निर्यातका लागि गुणस्तरिय उत्पादनमा सघाउदा गाउँघर मै विपन्नहरुमा रोजगारी सृजना हुने संघका अध्यक्ष राजकुमार कार्की बताए । तालिममा ५० जनाको सहभागिता रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal