काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संसदीय सुनुवाइ समितिमा सोमबार राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् ।
१७ देशका लागि सरकारले पछिल्लोपटक राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । आज संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको थियो ।
छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् । ‘जति समावेशी हुनुपथ्र्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुन सकेको छैन भन्ने मलाई पनि लागेको छ’, उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्मा अघि बढाउनेछु ।’
उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषदमा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्न भएको छ ।’












प्रतिक्रिया दिनुहोस्