Skip to content

धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सको छानबिन गर्न माग

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।

‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ,’ उनले भने ।

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरे । उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरे । सांसद पराजुलीले एपीवान टीभी चलाउन पनि जीवी राईले लगानी गरेको कुरा आएको बताए । ‘त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने ? सरकार बनाउन भूमिका खेल्ने त्यो टीभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? गृहमन्त्रीको जवाफ चाहन्छु,’ उनले भने ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi