Skip to content

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

नेता यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षामन्त्रीसमेत बनेकी थिइन् । सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नkmर्काएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T