Skip to content

आजदेखि दमौलीमा दैनिक ७ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

तनहुँ । तनहुँको सदरमुकाम दमौली र यस आसपासमा आज मंगलबारदेखि ६ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको कममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक ७ घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यको लागि भदौ २५ गतेदेखि ३० गतेसम्म दमौली फिडरवाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने उनले जानकारी दिए।

रेग्मीका अनुसार व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चाप घाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उपभोक्तालाई समस्या नपरोस् भनेर पाँच दिन भन्दा अघि नै सम्पन्न गर्ने गरी काम गरिने केन्द्रले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi