Skip to content
Prabhu

जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

अधिकांश स्थानीय सरकारले भूउपयोग नीति नबनाउँदा कित्ताकाट रोकिएर समस्या सिर्जना भएपछि एक वर्षको समय सीमा दिएर सबै पालिकाहरुलाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो । जसलाई अधिकांशले पालना नगरेपछि समस्या सिर्जना भएको थियो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीका अनुसार सरकारले पुनः पालिकाहरुलाई जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal