Skip to content
Prabhu

सुनसरीबाट २४५ किलो गाँजा बरामद

काठमाडौं । सुनसरीको शिसौलीघाटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र तीन थान ट्युब सशस्त्र प्रहरीको सुरक्षा बेस चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ । मान्छे भने फरार रहेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal