Skip to content
Prabhu

चौधरी पक्राउ प्रकरणले लगानी सम्मेलन अघि लगानीकर्तामा नकारात्मक सन्देश गयो : महासंघ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायी अरुण चौधरीलाई प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउले सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह भएको बताएको छ ।

“आज दिउँसो सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ”, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ ।”

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको स्मरण गराएको छ । “महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ ।”

महासंघले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्पm महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal