Skip to content

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा राष्ट्रिय सुरक्षा परिषद्‍को प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई सुरक्षा अङ्गका प्रमुखलगायत परिषद् सदस्यको उपस्थिति थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T