Skip to content
Prabhu

अर्घाखाँचीमा जिप दुर्घटनाः १ को मृत्यु, ९ घाइते

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप शीतगङ्गा नगरपालिका वाड–१२ हिलेखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी छ ।

यसैगरी, दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा उपचार भइरहेको ठाडा इलाका प्रहरी कार्यालय प्रमुख रवीन्द्र चन्दले जानकारी दिए । चालकसहित जिपमा १० जना सवार रहेको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal