Skip to content
Prabhu

पुतलीबजार नगरपालिकाको हीरापाटामा १ सय ५० घरमा धारा जडान, ४ करोड लागत

स्याङ्जा । पुतलीबजार नगरपालिका–१३ हीरापाटाका १ सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो ।

दरौंखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो । उनले भने,’सङ्घीय सरकारअन्तर्गत आव २०७४र७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो ।’

‘निर्माण सुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झण्डै ४ करोड खर्च भएको छ’ उनले बताए । संघीय सरकारबाट विनियोजन भएको ३ करोड ५४ लाख र स्थानीयको जनश्रमदान ४१ लाख गरी ३ करोड ९५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

‘सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ’ उनले भने ‘पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ ।’

निर्माण सुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुसी छाएको छ । योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैंचा, मान्केस्वाँरा, भैरवथानका एक सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal