Skip to content
Prabhu

कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वनविज्ञान विश्वविद्यालयको १३ औं साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहमभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए। त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियर लगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘आधुनिक प्रणाली र ठुलो मात्राको उत्पादनले बजार पाउँछ । हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छू, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूूल खेती गर्न मिल्ने हामी निर्णय गर्दै छौं । यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मनिर्भरता बढ्नेछ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal