Skip to content
Prabhu

जुम्लाका उत्पादन, कैलालीमा व्यापार

कैलाली । कालीकोटकी हंशिला बम हिजोआज यहाँ स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन् । १३ वर्षदेखि नी सिजनअनुसार फलफूलको व्यापार गर्दै आएकी छन् । व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् । घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थिति मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनी भन्छिन्, ‘मैले जुम्लाका उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।’

यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन् । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छन् । ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि १२० मा बिक्री गर्ने गरेको उनी बताउँछिन् । ‘एक ट्रक स्याउ ल्याउन एक लाखभन्दा बढी खर्च हुन्छ’, हंशिला भन्छिन्, ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ ।’

उनले स्याउसँगै हिउँद याममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकी छन् । उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal