Skip to content
Prabhu

‘हिंसा’ शब्दमा फेरि दोहोरी, माओवादी र एमालेको जुहारीले संसद स्थगित

काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठक स्थिगित भएको छ । ‘हिंसा ’मा सत्तापक्ष र प्रतिपक्ष बीच लामो दोहोरी चलेको बैठकलाई सभामुख देवराज घिमिरेले भदौ ३० गतेसम्मका लागि स्थिगित गरेका हुन् ।

संसदामा ‘हिंसा’ शब्दको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका सांसादहरु बीच फेरि जुहारी चलेको थियो । गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदको विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर निर्णय सुनाएपछि माओवादी थप विच्किएको छ । ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र संसद सचिवालयको रायका आधारमा विषय, प्रसंग र प्रस्तुतीलाई विचार गर्दा हिंसा शब्द असंसदीय नदेखिएका कारण रेकर्डबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले सुनाए ।

उनले पछिल्लो कतिपय अवस्थामा प्रतिकात्मक रुपमा शब्दहरु प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेको पाइए भन्दै शब्द चयनमा ख्याल गर्न पनि सांसदहरूलाई रुलिङ गरे । तर नेकपा माओवादी केन्द्रले संविधान विपरीत निर्णय गरिएको भन्दै आफूहरूलाई मान्य नहुने बतायो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई होच्याइएको भन्दै सभामुखले निर्णय आफूहरूलाई मान्य नहुने बताए ।

त्यसपछि एमाले र माओवादीका सांसदबीच जुहारी चल्यो। सभामुखले समय दिएपछि माओवादीका हितराज पाण्डे, देवेन्द्र पौडेल, एमालेका रघुजी पन्त, महेश बर्तौलाले बोले । तै पनि जुहारी नसकिएपछि संसद चलाउन सक्ने अवस्था नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते आइतबार बस्नेगरी स्थगित गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal