Skip to content
Prabhu

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बालुवाटारमा छलफल भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनीहरुबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal