Skip to content

सर्वोच्चको अन्तरिम आदेशले रोकियो कम्पनी रजिष्ट्रारको अनलाइन दर्ता प्रक्रिया

nabil bank

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबमोजिम अनलाइन प्रक्रियाबाट कम्पनी दर्ता गर्ने प्रक्रिया अर्को आदेश नभएसम्मको लागि स्थगित भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार १९, साउन १७, भदौ ९ र भदौ १६ गतेको सूचना बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही तथा पत्राचार गर्न जारी गरेको अन्तरिम आदेशको टुंगो नलागेसम्म स्थगित गर्न सूचना जारी गरेकाले उक्त कार्य रोकिएको कार्यालयले जनाएको छ ।

सफ्टवेयर कार्यान्वयन प्रक्रियालाई यथाअवस्थमा रोक्न भन्दै सर्वोच्चले भदौ १८ गते अन्तरिम आदेश दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime