Skip to content

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

nabil
global ime
मोरङ,२८ भदौ ः कोशी प्रदेशका नव नियुक्त भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल प्रदेश प्रमुखको कार्यालय विराटनगरमा शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण हुँदै । साथमा मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिरः मनोज दाहाल÷रासस

मोरङ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकासमन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङ्गाम र पर्यटन, वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराएका हुन् ।

यसैगरी, मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima