Skip to content
Prabhu

यो साता सेयर बजार ३ दिन मात्रै खुल्ने

काठमाडौं । यो साता सेयर बजार ३ दिन मात्रै खुल्ने भएको छ । प्रत्येक सातामा पाँच दिन सेयर कारोबार हुने भए पनि यो साता भने २ दिन सार्वजनिक बिदा परेकाले ३ दिन मात्रै सेयर बजार कारोबार खुल्ला हुने भएको हो ।

यो साताको आइतबार र सोमबार तथा बुधबार मात्रै सेयर बजार खुल्ने छ । असोज महिनाको पहिलो दिन १ गते इन्द्रजात्रा परेकाले उपत्यकामा सार्वजनिक बिदा परेको छ । त्यस्तै असोज ३ गते बिहीबार संविधान दिवस परेकाले सार्वजनिक बिदा छ । जसले गर्दा त्यो दिनमा पनि सेयर बजार बन्द रहने छ ।

साताको शुक्रबार सेयर बजार सधै बन्द नै हरन्छ । गत साता भने सेयर बजार पाँच दिन नै खुलेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal