Skip to content
Prabhu

पुँजी बजारलाई प्रभावित पार्ने निर्णय संसदीय समितिले गर्नुहुँदैनः विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा पुँजी बजारलाई प्रभावित पार्ने निर्णय संसदीय समितिहरूले गर्न नहुने बताएका छन् ।

अर्थ समितिको आजको बैठकमा उनले सार्वजनिक लेखा समितिले केका आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्‍यो भन्ने विषयमा छलफल गरिनुपर्नेमा जोड दिए ।

‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ?,’ उनले भने, ‘बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि १ बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न ।’

धितोपत्र बजारलाई स्वतन्त्र छोड्न बोर्डलाई सबल बनाउनुपर्ने उनले बताए । बजार सधैं एउटै किसिमको उनले उल्लेख गरे । पुँजी जुटाउने विषयलाई रोक लगाउन नहुने उनको भनाइ थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal