Skip to content
Prabhu

हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउसो २ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

समग्रमा बजार घटिरहेको अवस्थामा यो कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा ४६ रुपैयाँ ७० पैसाले बढेर ५१४ रुपैयाँ २० पैसा पुगेको छ ।

यो समाचार तयारपार्दासम्म सेयर बजारमा जम्मा ९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यो अवस्थामा समग्र बजार परिसूचक ५४ दशमलव ५० अंकले घटेर कारोबार भइरहेको छ । यो अघिल्लो दिनको भन्दा २.०६ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal