Skip to content
Prabhu

अपि पावरद्वारा लाभांश घोषणा

काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको होे ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१औं बस्नेगरी आव्हान गरेको हो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal