Skip to content
Prabhu

संसदीय समितिले गरेन रविमाथि कारवाही सिफारिस

काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस नगरेको पाइएको छ । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि कारवाही सिफारिस नभएको हो ।

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ ।

गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षरबाट चल्ने गरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो । स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलवभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रवन्ध निर्देशक भएकाले रविले नै अधिकांश चेकमा हस्ताक्षर गरेका थिए ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal