Skip to content
Prabhu

सोमबार सेयर बजार राताम्य, कारोबार रकम ७ अर्बमा सीमित हुँदा परिसूचक २६ सयभन्दा तल

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा २.१६ प्रतिशतले कम हो ।

अघिल्लो दिन पनि सेयर बजारमा उच्च अंकले घटेको थियो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २५८० दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५४ अंकले घटेर ४६० दशमलव ११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य घटेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १० अर्बको कारोबार भएको बजारमा आज ७ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ९२ हजार ८१५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal