Skip to content

सेयर बजार राताम्य हुँदा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजारमा भारी गिरावट आयो । बजार ५७ अंकले घटेर बन्द भयो । कारोबार रकममा पनि गिरावट नै भयो ।

कारोबार र परिसूचक दुवै घटेको दिन सेयर बजारमा कारोबार भएका दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा आत्मनिर्भ लघुवित्तको सेयर मूल्य ५०० रुपैयाँले बढेर प्रतिकित्ता ५ हजार ५०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज हिमालयन हाइड्रोको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात ४६ रुपैयाँ ७० पैसाले बढेर ५१४ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै आज जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य पनि १५३ रुपैयाँले बढेर १ हजार ६९५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९२ प्रतिशतले धेरै हो । त्यस्तै आज रावा इनर्जिको डेभलपमेन्टको सेयर मूल्य पनि ५.३७ प्रतिशत अर्थात ३९ रुपैयौँले घटेर ७६५ रुपैयाँ पुगेको छ ।

आजको कारोबार बन्द हुँदा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य पनि ५.३२ प्रतिशतले बढेको छ। यो स्टकको सेयर मूल्य अघिल्लो दिनको भन्दा २१ रुपैयाँ १० पैसाले बढेर ४१८ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life