Skip to content
Prabhu

सभापति थापाले भने– सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा छ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सोमबार प्रतिनिधिसभामा सहकारी क्षेत्र कमजोर रहेको बताएका छन् ।

प्रतिनिधिसभामा छानबिन समितिको प्रतिवेदन बुझाउँदै उनले सहकारी क्षेत्रलाई तीन भागमा बाढेका छन् । सहकारीलाई बाँसको कमजोर पिल्लरको रूपमा रहेको बताए । उनले निजी क्षेत्र फलामको पिल्लर, सार्वजनिक क्षेत्र काठको पिल्लरको रूपमा रहँदा सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा रहेको बताएका हुन् ।

थापाले भने, ‘तीनवटा पिल्लरमध्ये सहकारी बाँसको कमजोर पिल्लरको रूपमा छ । निजी क्षेत्र फलाम, सार्वजनिक क्षेत्र काठ र सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा रहेको छ ।’

‘यो पिल्लरहरूको दुर्दशा के हुन्छ भने, जता कमजोर भयो त्यतै भारले थिच्छ । आज सहकारी क्षेत्र यो नियतिमा छ ।’ थापाले सहकारी क्षेत्र धर्मराएको भए पनि यसको प्रचुर सम्भावना रहेको जिकिर गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal