Skip to content
Prabhu

नक्कली नोटसहित ३ जना पक्राउ

कपिलबस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगी कलवारको ३८ वर्षीय छोरा मयाराम गुप्ता र उनकी श्रीमती ३६ वर्षीय उर्मिला गुप्ता रहेको उनले बताए ।

मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा रहेको प्रहरीको भनाइ छ । पक्राउ गरिएको तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal