काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्