Skip to content
Prabhu

दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

nabil

काठमाडौं । दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार पोखरा महानगरपालिका वडा नं। ३२ स्थित सहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा विगत २०६८ सालदेखि करारमा कार्यरत कर्मचारी शोभा उप्रेतीविरुद्ध सो आरोपपत्र दायर भएको छ ।

उप्रेतीले चौथो तहको अहेव पदमा नियुक्ति लिई २०६८ देखि २०७८ सालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको आयोगले जनाएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal