Skip to content
Prabhu

इसेवाको दशैं–तिहार अफरः कार र आइफोन जित्ने मौका

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी, इसेवाले दशैं, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ‘इसेवा महा–उत्सव’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, इसेवाबाट असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म जुनसुकै कारोबार गर्ने एक भाग्यशाली ग्राहकले नयाँ इलेक्ट्रिक कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

इसेवाका अनुसार, कुनै पनि सेवाको प्रयोग गर्दा, ग्राहकलाई बम्पर उपहार जित्ने मौका हुनेछ । साथै, हरेक महिना एक भाग्यशाली विजेताले आइफोन १६ जित्न सक्नेछन् । प्रयोगकर्ताहरूले १ सय रुपैयाँको खेल खेल्न सक्नेछन्, जुन रकम मोबाइल रिचार्जको रूपमा फिर्ता हुनेछ । कम्पनीका अनुसार, दैनिक र साप्ताहिक रुपमा पनि विभिन्न अफर उपलब्ध हुनेछन् ।

दैनिक अफरमा हरेक दिनको निर्धारित समयमा फ्ल्यास सेल सञ्चालन हुनेछ, जहाँ प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट र क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिक अफर अन्तर्गत, हरेक मंगलबार इसेवाका मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट र क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

इसेवाले आफ्ना प्रयोगकर्ताहरुलाई यी पर्वहरूमा थप अवसर प्रदान गर्दै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal