Skip to content
Prabhu

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले अनुमति माग गरेको थियो ।

ब्युरोको मागअनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal