Skip to content
Prabhu

कृषि क्षेत्रको बजेट बढाउनु पर्छ : सांसद सुहाङ नेम्वाङ

काठमाडौं । प्रतिनिध सभा सदस्य सुहाङ नेम्वाङले कृषि क्षेत्रको बजेट निकै कम भएको बताएका छन् । आज काठमाडौंमा नेपाल कुचोसंघले आयोजना गरेको कुचो तालिमको समापन कार्यक्रममा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् ।

कृषि क्षेत्रलाई सरकराले प्राथमिकतामा राखेको भने पनि बजेट निकै थोरै रहेको उनको भनाइ थियो । देशक विकासका लागि कृषि क्षेत्रमा लगानी गर्नु पर्ने उनले बताए । अहिले नकारात्मक भाष्य निर्माण भएको भन्दै उनले सकारात्मक सोच्नु पर्ने बताए । ‘अहिले सबै तिर नकारात्मक कुरा बढी भइरहेको छ । त्यस्तो भाष्यलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।

कमजोरी सबैबाट हुने भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यस्तै सिकेको सिपले नयाँ उज्यालो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले नगद अनुदानको व्यवस्था गर्नु पर्ने बताए । अहिले कुचोको निर्यातमा भारत बाहेकको तेस्रो देशमा निर्यात गर्दा मात्रै नगद अनुदान दिने गरिएको छ । कुचोको मुख्य बजार भारत भएकाले सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै कुचो संघका अध्यक्ष राजकुमार कार्कीले कुचो संघका लागि सरकारले बजेटको व्यवसथ गरेको खण्डमा रोजगारी सिर्जना गर्न सकिने बताए । त्यस्तै बजारीकरणको समस्या भएको भन्दै सरकारले त्यसका लागि पनि पहल गर्नु पर्ने उनको भनाइ थियो । भदौ १६ गतेदेखि सञ्चालन भएको १५ दिने कुचो बनाउने तालिममा ५० जना सहभागि थिए । तालिम काठमाडौंको गोकर्णेश्वर, सुकेधार, कागेश्वरी मनहरा तथा काभ्रेको नाला र पनौतिमा सञ्चालन भएको भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal