Skip to content
Prabhu

३० मिनेटमा साढे १ प्रतिशतले बढेको बजार के दिनभरि नै बढ्ला ?

nabil

काठमाडौं । साताको पहिलो कारोबार दिनको पहिलो ३० मिनेटको कारोबारमा सेयर बजार बढेको छ । कारोबार खुलेको पहिलो ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक साढे १ प्रतिशले बढेको हो ।

प्रिओपन सेसनमा पनि २४ दशमलव ५३ विन्दुले बढेको बजार दिनको कारोबारमा पनि आधा घण्टामा १.६२ प्रतिशले बढेको छ । यो अवस्थामा सेयर बजार परिसूचक ४१ दशमलव ७६ अंकले बढेर २६१८ दशमलव ५२ विन्दुमा पुगेको छ । पहिलो आधा घण्टाको कारोबार र प्रिओपनमा बढेको सेयर बजार आज दिनभर के होला ? भन्ने चासो बढेको छ ।

३० मिनेटको अवधिमा सेयर बजारमा ९५ करोड २ लाख ८४ हजार ८९७ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा २१ लाख ८३ हजार ७१९ कित्ता सेयर खरिद बिक्री भएको छ । यो अवधिमा सेयर बजारा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal