Skip to content
Prabhu

सेयर बजारमा ११ अंकको सुधार, कारोबार रकम ५ अर्बमा सीमित

nabil

काठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ४ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज भने ११ दशमलव ५८ अंकले बढेर बन्द भएको हो ।

कारोबार खुलेको ५औँ मिनेटमा नै ६५ अंकभन्दा बढीले बढेको सेयर त्यस पछि बढ्ने घट्ने क्रम जारी रहेर अन्तिममा ११ अंकभन्दा बढीले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २५८८ दशमल ३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५० अंकले बढेर ४६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।

आइतबार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६६ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्ब ९ करोड बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ७२ हजार ९५७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal