काठमाडौं । सोमाबारको प्रिओपन सेसनमा नेप्से परिसूकच साढे १९ अंकले बढेको छ । आजको प्रिओपन सेसनको कारोबारमा नेप्से १९ दशमलव ५० अंकले बढेको हो ।
प्रिओपनको कारोबार बन्द हुँदा परिसूचक २६०७ दशमलव ८५ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा ४२ वटा स्टकको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको स्टकको सेयर मूल्य घटेको छ । त्यस्तै ३ स्टकको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रिओपन सेसनमा ६१ कम्पनीका २ हजार ६३५ कित्ता सेयर ८५ पटक खरिद बिक्री भएको छ । जसबाट ११ लाख ८२ हजार ७७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०८ अंकले बढेर ४६८ दशमलव ५१ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्