काठमाडौं । बुधबारको प्रिओपन सेसनमा सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनभरको कारोबारमा उच्च अंकले घटेको नेप्से आजको प्रिओपन सेसनमा २ दशमलव ६६ अंकले बढेको हो ।
आजको प्रिओपन सेसनपछि नेप्से परिसूचक २४७३ दशमलव ०६ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रिओपन सेसनमा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ४४५ दशमलव २६ विन्दुमा पुगेको छ ।
आजको प्रिओपन सेसनमा ४३ स्टकको ३ हजार १४९ कित्ता सेयर ५७ पटक खरिद बिक्री हुँदा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्