Skip to content
Prabhu

पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै

nabil

काठमाडौं । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनको बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ आयोजना गरेको छ । कम्पनीले यसलाई हालसम्मकै ठूलो क्याम्प हुने दाबी गरेको छ ।

एमएडब्लूले पोखरा इभेन्ट सेन्टर बुलाउदी–०६ मा असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चासो राख्ने गण्डकीका ग्राहकले काठमाडौंका प्रमुख तीन रिकन्डिसन हाउसबाट विशेष ‘एक्सचेन्ज भ्यालु’ पाउने कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको ईभी खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर पाउने कम्पनीको भनाइ छ । अफरअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने भएका छन् । नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नामी ईभीमा ७ किलोवाटको चार्जर मिल्नेछ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने भएका छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ मिल्ने र दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । क्याम्पमा सहभागी एक विजेताले रुपाकोटको स्टे पाउन सक्नेछन् ।

क्याम्पमा ‘फुड स्टल’ र ‘लाइभ म्युजिक’समेत रहेको कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal