Skip to content

माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन बन्द

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको विद्युत् उत्पादन तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिका कारण विद्युत् उत्पादन बन्द भएको हो ।

असोज ११ गतेदेखि परेको अबिरल वर्षाका कारणले बागमती खोलामा आएको भीषण बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेडवक्र्समा भौतिक संरचनालगायतका उपकरण क्षति पुगेका कारण विद्युत् उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T