Skip to content
Prabhu

प्रि ओपन सेसनमा १.४८ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा १ दशमलव ४८ अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक १ दशमलव ४८ अंकले बढेर २५१० दशमलव ३४ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३६ अंकले बढेर ४५१ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ३२ वटा कम्पनीको कारोबार भएको छ । ति कम्पनीको २ हजार ७९७ कित्ता सेयर ६२ पटक कारोबार हुँदा २४ लाख १३ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal