काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सम्पति बीमाको लागि बीमा कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव पेश गर्न पुनः आह्वान गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बीमा कम्पनीहरुलाई सम्पत्ति बीमाको लागि प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
यस अघि असोज १७ गतेसम्म समय दिएर प्रस्ताव पेश गर्न भनिए पनि आवदेन नपरेपछि समय थपेर कात्तिक २ गतेसम्म पुर्याइएको छ । कम्पनीका अनुसार निर्जीवन बीमा कम्पनीहरुले कात्तिक २ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको वेबसाइट मार्फत शिलबन्दी पेश गर्न सक्नेछन् ।
कम्पनीले आयोजना क्षेत्रका विभिन्न समाग्रीको बीमा गर्नको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले सान्जेल मााथिल्लो जलविद्युतका सम्पत्तिको बीमा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्