Skip to content

सेयर बजार स्थिर, कारोबार रकम भने बढ्यो 

nabil
global ime
काठमाडौं । मंगलबार सेयर बजार स्थिर देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा आएकाे छ ।
आज सेयर बजार स्थिर देखिएको भएपनि कारोबार रकम भने बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकीको घटेको छ । कारोबारमा आएको १३५ कम्पनीको सेयरमूल्य बढेको छ भने १३६ कम्पनीको सेयरमूल्य घटेको छ । आज ८ कम्पनीको सेयर मूल्य यथावत् रहेको  छ ।
आज बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमको आधारमा आज घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ। आज यस कम्पनीको कम्पनीको २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima