Skip to content
Prabhu

भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित

nabil

काठमाडौं । भारत सरकारको अनुदानमा २ वटा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । बिहीबार भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो ।

नेपाल आयल निगमले बिजिनेस टु बिजिनेस (बीटुबी) मोडलमा दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्ने गरी गत वर्ष भदौदेखि तयारी सुरु गरेको थियो । निगमले गत वर्ष मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता गर्ने गरी गृहकार्य आगाडि बढाए पनि बिहीबार मात्रै भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा सम्झौता हुन भएको हो ।

सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ ।

यस्तै, अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ । लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ । ती आयोजनाको कुल लागत रु १५ अर्ब बराबर रहेको निगमले जनाएको छ ।
२०८० जेठमा तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग २ वटा पाइपलाइन निर्माण गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal