Skip to content
Prabhu

नेपालमा जेइको जेसिक्स र ओमोडा ई५ को १०० गाडी एक दिनमै डेलिभरी

nabil

काठमाडौं । नेपालमा जेईको जेसिक्स र ओमोडा ई५ का १०० गाडी एकै दिन डेलिभर भएका छन् । ओमोडा एन्ड जेईको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एकै दिन डेलिभर भएको बताएको छ ।

उक्त कम्पनीले नेपालकै पहिलो अफ–रोड इलेक्ट्रिक एसयूभी भनेको ‘जेइको जे सिक्स’ र ओमोडाको एकसयभन्दा धेरै युनिट डेलिभरी गरेको बताएको हो । नाडा अटो सो २०२४ मा सार्वजनिक जेईको जेसिक्स यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

जेइको जेसिक्सले डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्रयाकमा पनि प्रदर्शन गरेको कम्पनीले जनाएको छ । कम्पनीले फ्युचरिस्टिक एसयूभी भनेको ओमोडा ई५ले पनि राम्रो लोकप्रियता हासिल गरेको दाबी गरेको छ।

गाडीमा २७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । चालकसहित ५ यात्रु क्षमता रहेको गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर छ ।

जे सिक्समा डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधा छन् । गाडीका दुई भेरियन्ट छन् । जसमा पहिलो २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर–ह्विल–ड्राइभ छ ।

दोस्रो १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिंगल मोटर भेरियन्टमा उपलब्ध छ । गाडीले ६.५ सेकेन्डभित्रै शून्यदेखि एकसय किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीको भनाइ छ । गाडीमा सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री छ ।

ब्याट्री ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ । यसले ५०१ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal