Skip to content
Prabhu

अब ट्राफिक नियम उल्लघन गर्नेलाई डिजिटल चिट, ट्राफिक प्रहरीलाई दिइयो १०३ स्मार्टफोन

nabil

काठमाडौं । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । स्मार्ट एपले नागरिक एप तथा राष्ट्रिय परिचय पत्रमा इन्टिग्रेट गरिएको लाइसेन्सको विवरण चेकजाँच गर्नेछ । डिजिटल लाइसेन्स बोक्नेले ट्राफिक नियम उल्लघन गरेमा डिजिटल प्रविधिबाट जरिवाना लगाइने छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम शुरु भइसकेको बताए । उनले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताए । उनले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताए । उनले लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘देश संघीयतामा गइसकेको छ, डिजिटलाइजेशन गर्ने क्रममा हामी पनि प्रयासरत छौँ । कतिपय कुराहरु आउने क्रममा छ, कतिपय कुराहरु एक्सरसाइजकै क्रममा पनि छ । यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम हामीले शुरु गरिसकेका छौँ । लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग जोडिरहेका छौँ, नागरिक एपसँग जोडेका छाँै । लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्था जुन छ, त्यसलाई हामीले चिर्नुपर्छ, उनले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्व रहेको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१ सम्म काठमाडौं उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताए । उनले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको जानकारी दिए ।

‘नेपालका परिप्रेक्ष्यमा बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धिका साथसाथै मानवीय र वातावरणीय र यान्त्रिकमध्ये कुनै एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्वको रुपमा रहेका देखिन्छ । जसमा उपत्यका अग्रणी स्थानमा रहेको छ । सवारी साधन र जनसंख्याको अनुपात हेर्दा १ ट्राफिक प्रहरी बराबर १ हजार २५ वटा सवारी साधन जिम्मेवारीमा परेको देखिन्छ । हामी मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेका छौँ, उनले भने । मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal