काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ०२ अंकले बढेको हो ।
गत हप्ताको अन्तिम कारोबार दिन बुधबार २६ दशमलव ७० अंक घटेर २५९७ दशमलव ४९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसन पछि २५९७ दशमलव ५१ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०९ अंक बढेको छ ।
आइतबार प्रि ओपन सेसनमा ३० स्टकको ४३ पटकको कारोबारमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ ९० पैसाबराबरको १ हजार ९७५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्