Skip to content

नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

nabil bank

काठमाडौं । नेपाल एसबीआई बैंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार दे’ले बताए ।

नेपाल एसबीआई बैंकले २०८० कार्तिकमा गएको जाजरकोट भूकम्पका प्रभावितलाई राहत स्वरुप २० लाख रुपैयाँ सहयोग गरेको थियो । सहयोग रकम हस्तान्तरणअघि बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आवश्वयक खाद्यान्न खरिद गरेर समेत सघाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime