Skip to content

मेलम्चीको खानेपानीको गुणस्तरमा शंका नगर्न आग्रह

काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यही माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु गरिएको पानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको हो । 

पुराना वितरण पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरुको पछि नलाग्नका लागि मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकाय सबैमा अपिल गरेको छ । 

मन्त्रालयले पानी वितरणका क्रममा कुनै समस्या देखिए वा कुनै घटना हुन गएमा जानकारी गराउन समेत अनुरोध गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima