Skip to content

स्पष्टिकरण सोधेपछि कुलमान एक्सनमाः बक्यौता नबुझाएका उद्योगमा लाइन काटिने दिए सूचना

nabil bank

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधपछि यसको जवाफमा बक्यौता रहेका उद्योगमा लाइन काटिने सूचना दिएका छन् ।

दशैं बिदा शुरु हुने अघिल्लो दिन बुधबार सरकारले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले बिहीबार बक्यौता रहेका भनिएका उद्योगलाई महशुल तिर्नको लागि सूचना जारी गरेको छ ।

प्राधिकरणले कात्तिक ८ गतेभित्र बक्यौता तिर्नको लागि सूचना जारी गरेको छ । उद्योगीहरुले भने प्राधिकरणले प्रमाण नदिएर जबरजस्ती बिल पठाएको भन्दै विरोध गर्दै आएका छन् ।

ट्रंकलाइन र डेडिकेटेड लाइनको विवाद एक दशकदेखि जारी छ । प्राधिकरणमा प्रवन्ध निर्देशक घिसिङ तथा प्रधानमन्त्री रहेका केपी ओली र विगतमा प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले यो विवाद सल्टाउन सकेका छैनन् । पछिल्लो समय प्रधानमन्त्री ओली कुलमानको विपक्षमा देखिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime